कोशी प्रदेशको शान्ति सुरक्षाको अवस्था बुझ्न ​विराटनगरमा आउँदै गृहमन्त्री श्रेष्ठ

विराटनगर । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ भोली हुने सुरक्षा समितिको बैठकक लागि विराटनगर आउने भएका छन । तीन वटै सुरक्षा निकायका प्रमुखसहित कोशी प्रदेश जाने आउने भएका हुन ।

प्रदेशको शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि तीन वटै सुरक्षा निकाय प्रमुख र गृहमन्त्रीसहितको टोली कोशी प्रदेश आउन लागेको हो ।

पछिल्लो समयमा कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र त्यहाँ देखिएका समस्याहरूको पहिचानका लागि गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसहितको टोली विराटनगरमा आउने सुरक्षा स्रोतले बताएको छ ।

उनीहरू कोशी प्रदेशका विभिन्न ठाउँमा देखिएका समस्याको पहिचान तथा समाधान पहल गर्ने गरी आजदेखि ३ दिनका सम्म कोशी प्रदेशमै रहने सुरक्षा स्रोतले जनाएको छ ।

आइतबार, ०७ असोज, २०८०, दिउँसोको ०२:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर