राहत र पेन्सन वञ्चित शिक्षकले आजदेखि सशक्त प्रदर्शन गर्ने

विराटनगर । राहत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । राहत शिक्षकहरूले सरकारसँगको ६ बुँदे सहमतिमा असन्तुष्ट जनाउँदै आएका छन । उनीहरूले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताउदै आएका छन ।

शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् ।

पेन्सन वञ्चित शिक्षक समूहका अध्यक्ष अमृत कार्की र महासचिव टीकाबहादुर खड्काले जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी पेन्सन वञ्चित राहत शिक्षक समूह, राहत शिक्षक, बालविकास सहजकर्ता र कर्मचारीहरूको आन्दोलनले सार्थकता पाएको छ । सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरियो ।’

नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने निर्णय भएको जनाइएको छ ।

आइतबार थप सशक्त प्रदर्शन गर्ने गरी विभिन्न संघर्ष समितिलगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरूसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय भएको समितिले जनाएको छ ।

शिक्षक महासंघले धोका दिएको राहत शिक्षकहरूको आरोप छ ।

सरकार र शिक्षक महासंघबीच शुक्रवार ६ बुँदे सहमति भएपछि आन्दोलन फिर्ताको घोषणा भएको थियो ।

आइतबार, ०७ असोज, २०८०, बिहानको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर