काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले, विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय खोज्न र विद्यालय बन्द नगर्न आग्रह गरेको हो ।
मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको रास्वपाले शिक्षकका जायज माग सम्बोधन हुनु पर्छ भन्नेमा आफूहरूको समर्थन रहेको बताएको छ । तर शिक्षकलाई कुनै दलको भातृ सङ्गठन बनाउने विषयमा भने फरक मत रहेको रास्वपाको भर्ना छ ।
‘शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख् नपाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक सङ्गठनहरूप्रति हार्दिक अनुरोध गर्दछौँ । ’ रास्वपा द्वारा जारी विज्ञप्तिमा भनिभएको छ‘तर शिक्षकहरूले आफ्नो पेसागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ सङ्गठनका रूपमा रहन नहुने हाम्रो नीति रहेको छ। शिक्षकहरूको पेसागत विकासका मागहरूमा हामी एकै ठाउँमा उभिन तयार छौँ ।’
विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरूको हकहित सुनिश्चित हुनु पर्ने रास्वपाको भनाई छ ।