कक्षा कोठा छोडेर शिक्षक–शिक्षिका सडकमा : काठमाडौँको ट्राफिक व्यवस्थापनमा समस्या

काठमाडौँ । संविधान दिवसको अवसर पारेर शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन् ।प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।

विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेर काठमाडौँ आएका उनीहरूको आन्दोलनका कारण काठमाडौँको ट्राफिक अस्तव्यस्त भएको छ ।

माइतीघर–बानेश्वर सडक ढाकेर हजारौँको शिक्षक शिक्षिकाहरू विरोधमा उत्रिएका छन् । सामुदायिक विद्यालयहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको आह्वानमा भएको आन्दोलन माग पुरा नभएसम्म नरोकिने बताइएको छ ।

 

बुधबार, ०३ असोज, २०८०, साँझको ०५:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर