काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति समेत रहेका प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन् ।
आइतवार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शङ्का नरहेको बताए । पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुने सेमत उनले बताए ।
वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो । राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्ने निधिको भनाइ रहेको छ । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उनको भनाइ थियो ।