काठमाडौँ । काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या भएको छ । काठमाडौं प्रहरी परिसरका एसपी कुमोद ढुंगेलका अनुसार धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा गएराति चार जनाको शव भेटिएको हो ।
गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र ४ जनाको शव फेला परेको उनले बताए ।
उनका अनुसार मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् । हत्या हुनेमा दोलखा घर भएका ३ र १ जना धनकुटाका छन् । गएराति १२ बजेतिर घटना भएको प्रारम्भिक जानकारी आएको उनले बताए । घटनाको कारण खुलिसकेको छैन ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।