बेलबारी ।बेलबारी उद्योग वाणिज्य सघंको आयोजनामा बिहीबार बिहान भएको रक्तदानमा ७५ पिन्ट रगत सङ्कलन भएको छ ।
बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड छेउमा नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापासहित ७५ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय रगतको अभाव भईरहेका बेला अभाव टार्न थोरै भए पनि सहयोग पुर्याउने लक्ष्यका साथ रक्तदान आयोजना गरिएको उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष अशोक श्रेष्ठले बताए ।कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख कोइरालाले विभिन्न अस्पतालहरूमा रगतको अभाव भई बिरामीहरूले ज्यान नै गुमाउनु परिरहेको
अवस्थामा उवासंघ बेलबारीले यो कार्यक्रम आयोजना गरेर सकारात्मक काम गरेको बताइन । उवासंघ बेलबारीले नयाँ कार्यसमिति आएपछि विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय भएको छ । यसअघि ब्यबसायीहरुको ढक तराजु नापतौल,बस्तुगत समितिहरू सँग अन्तरक्रिया लगायत विविध कार्यक्रम सम्पन्न गरिसकेको छ ।