विराटनगर । कोशी प्रदेश सरकारले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । प्रदेश सरकारको तर्फबाट प्रवक्ता खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले विज्ञप्ति जारी गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रदेशवासी समक्ष अपिल गरेको हो ।
विगत केही समययता कोशी प्रदेशको धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर सामाजिक एकता र सद्भावलाई बिथोल्ने गरी समाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट श्रृङ्खलाबद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति विज्ञप्ति मार्फत चिन्ता व्यक्त गरिएको छ ।
उक्त विज्ञप्तिमा अगाडि भनिएको छ– ‘विगत केही समय यता कोशी प्रदेशको धरानलगायत केही स्थानमाा भएका घटनालाई लिएर विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धलाई खलल पार्ने, हाम्रो धार्मिक, साँस्कृतिक तथा सामााजिक एकता र सद्भावलाई विथोल्ने गरी समाजिक सञ्जाल र अन्य माध्यमबाट श्रृङ्खलाबद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्री प्रतिकोशीप्रदेश सरकार चिन्ता प्रकट गर्दै सामाजिक तथा धार्मिक सद्भावका लागि हार्दिक अपिल गर्दछ ।’
त्यसैगरी नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त मुलुक भएको र नेपालको संविधानले समेत प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रताप्रदान गरेकोछ कुरा उल्लेख गर्दै परापूर्वकालदेखि रहँदै आएको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव विथोल्ने गरी व्यक्त गरिने यस प्रकारका अभिव्यक्ति तथा गतिविधि हामी कसैको हितमा नभएको कुरा विज्ञप्तिमाा उल्लेख गरिएको छ ।यस्ता अभिव्यक्तिबाट उत्पन्न हुनसक्ने धार्मिक र सामाजिक अराजकताले धमिलो पानीमा खेल्न खोज्ने लोकतन्त्र विरोधी दृश्य र अदृश्य शक्तिलाई मात्र सहयोग पुग्ने दाबी पनि विज्ञप्तिमा गरिएको छ ।
विषयको संवेदनशीलता र गाम्भिर्यतालाई मध्येनजर गरी प्रदेशभित्रका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, विभिन्नधार्मिक तथाजातीय संघ सस्थाहरु, सामाजिक सञ्जालकाप्रयोगकर्ता र समाजक ाअग्रजव्यक्ति एउटै थलोमा उभिएर हातेमालो गर्दै सबै धर्म, जातिएवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न सरकारले अपिल गरेको हो ।