विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दु:ख व्यक्त गरेका छन् । मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले दुख व्यक्त गर्दै नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् ।
नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
एमाले नेतासमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा गएराति निधन भएको थियो । हृदयघातका कारण सोमवार राति उनको निधन भएको थियो । ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू अस्पताल पुगेका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू पनि अस्पताल पुगेका छन् ।
उनको पार्थिव शरीर हाल महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।