पथरी । चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अक्सनका लागी २३२ खेलाडी दर्ता भएका छन् । विभिन्न ३ ‘क्याटोगरी’ अन्तरगत ती खेलाडी दर्ता भएका हुन् । लिग आयोजक पथरीशनिश्चरे प्रिमियर लिग समितिका अनुसार असोज ६ गते हुने अक्सनबाट ७ वटा क्लबले कम्तीमा १४ खेलाडी अनुबन्धन गर्नु पर्ने छ ।
तिन वटा संस्करणको प्रतियोगिता सम्पन्न भई सकेको लिग यस वर्ष कार्तिक ९ बाट सुरु हुने भएको छ । आयोजकले अक्सनका लागी प्रकाशित गरेको खेलाडी ‘ड्राफ्ट’मा पहिलो ‘क्याटोगरी’मा ५१ जना खेलाडी ‘ए क्याटोगरी’मा दर्ता भएका छन् । ३३ जना ‘वि’ मा र १४९ जना ‘सी क्याटोगरी’मा दर्ता भएका छन् । ‘क्याटोगरी ए’ मा दर्ता भएका खेलाडीको ३ हजार ‘बेस प्राइस’ तोकिएको छ भने ‘वि’ को २ हजार र ‘सी’ को १ हजार ‘बेस प्राइस’ तोकिएको छ । प्रत्येक टिमका लागी ५० हजार रुपैयाँ ‘वालेट’ राखिएको छ ।
यस संस्करणमा २ जना खेलाडीलाई मात्र ‘रिटर्न’ गर्न पाउने छन् भने अरू खेलाडी ‘रिलिज’ गर्नु पर्ने आयोजकका अध्यक्ष विरोध मगरले जानकारी दिए । पथरीशनिश्चरे भित्रका खेलाडीलाई मात्रै सहभागी गराउँदै आएको प्रतियोगिताको चौथो संस्करणबाट नगर बाहिरका चार खेलाडीलाई क्लबले अनुबन्धन गर्न पाउने भएको छ । ‘बाहिरका खेलाडी पनि सहभागी गराएर प्रतियोगिताको स्तर वृद्धि गर्न लागेका छौ’ अध्यक्ष मगरले भने ‘यस पटकबाट प्रतियोगिताको प्रचार थप हुन्छ भन्ने विश्वास लिएका छौ’ ।
यस वर्ष हुने प्रतियोगिताको अक्सन ड्राफ्टमा उमेर समूह वाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका दीपेश कँडेल देखी प्रदेशको टोली वाट विभिन्न कपमा सहभागिता जनाएका खेलाडी समेटिएका छन् ।खेलाडीको ड्राफ्टमा प्रदेशको टिम वाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका फिरदोस अन्सारी,सोनु मण्डल,श्रमण यादव,ज्ञानेन्द्र श्रेष्ठ,सुजन थपलिया लगायतका खेलाडीलाई ड्राफ्टमा समेटिएको छ ।
आयोजकका सचिव राकेश राईका अनुसार प्रतियोगिताको चार्म बिस्तारै वडदैछ । खेलाडीहरूको आरक्षणकै कारण प्रतियोगीताकलाई निरन्तरता दिन सकिएको हो ।
पथरीशनिश्चरेमा मात्रै प्रदेश स्तरीय ३ वटा प्रतियोगिता आयोजना हुने गरेको विगत भए पनि ती प्रतियोगिताको निरन्तरता हुन सकेको छैन ।
यस पटक सबैभन्दा कम १० वर्षका खेलाडी समेत अक्सनको लिस्टमा समेटिएका छन् भने ४३ वर्षका खेलाडी राज बस्नेतको समेत नाम अक्सन लिस्टमा रहेको छ । अघिल्लो संस्करणमा भन्दा यस संस्करणको अक्सनमा धेरै खेलाडी दर्ता भएका छन् । पहिलो संस्करणमा १३६ जना खेलाडी अक्सनमा सहभागी भएका थिए भने अगिल्लो संस्करणमा १३५ खेलाडीलाई अक्सनमा सहभागी गराएर टिमले खरिद गरेका थिए ।
स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग प्रतियोगिता आयोजना गरिन लागेको हो ।‘पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको खेल स्तर वृद्धि गर्न र नगरभित्र वाट क्रिकेट प्रतिभा खोज्न पनि लिगको महत्वपुण भूमिका हुने विश्वास छ ’ मगरले भने ।
यो संस्करणमा सात क्लबले प्रतिस्पर्धा गर्ने छन् । पहिलो संस्करण वाट सहभागी मङ्गलवारे लिजेण्ड र हिसाब किताब ट्राइडेन्सले चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताबाट बाहिरिने निर्णय गरेपछि नयाँ क्लबका रूपमा गोर्खा लिजेण्डले पहिलो पटक सहभागिता जनाउँदै छ ।
पहिलो संस्करणको विजेता रोयल किङ्ग, दोस्रो र तेस्रो संस्करणको विजेता सात बाघसँगै आइतबारे अस्त्र, वीरेन्द्रनगर स्टिल टाइगर, बुद्ध युनाइटेड, क्लासिक एलाभेन हसन्दह र नव प्रवेशी गोर्खा लिजेण्डले प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् । पथरीको जाँते मोडमा रहेको पथरी रङ्गशालामा प्रतियोगीताका सबै खेल हुने छन् । क्रिकेट मैदान अभावका कारण नियमित फुटबल प्रशिक्षण र प्रतियोगिता हुँदै आएको पथरी रङ्गशालालाई केही मर्मत गरेर प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख लागत लाग्ने आयोजकले जनाएको छ