विराटनगर । कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेट सम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुखले जारी गरेसँगै प्रदेशमा बजेट शून्यता अन्त्य भएको छ ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः अध्यादेश जारी गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार राति बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक अध्यादेश २०८० र स्रोतगत तथा कार्यक्रमगत विवरणसहितको विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । जेठ ३१ गते जारी दुबै अध्यादेश भदौ १० गते निष्क्रिय भएका थिए ।