रथयात्रामा शंकास्पद गतिविधि गर्ने ३८ जना पक्राउ

विराटनगर । रथयात्राका क्रममा अवन्च्छित गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीले संकास्पद गतिविधि गरेको र विगतमा पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकाहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा ३० जना पुरुष र ८ जना महिला रहेका छ । पक्राउ परेका ३८ जनामध्ये ३२ जना भारतीय नागरिक छन् ।

भदौ २१, २०८०, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर