ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छ मन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन् ।

बुधवार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललिता निवास जग्गा सरकारको स्वामित्वमा ल्याउन ठोस पहल थालिएको दाबी गर्दै छिटै सरकारकै नाममा दर्ता हुने जिकिर गरे ।

उनले भने,‘बालुवाटारमा ललिता निवास सरकारी जग्गा,दलाल कर्मचारी र प्रभावशाली राजनीतिक व्यक्तिहरू मिलेर व्यक्तिको नाममा लैजाने काम भएको छ । त्यसलाई अनुसन्धान गरेर ती व्यक्तिलाई कानुनको दायरामा ल्याउने प्रक्रिया अगाडी बढाइएको छ । छिट्टै त्यो जग्गा सरकार मातहतमा ल्याउने ठोस पहलकदमी चालिने छ र विश्वास छ । त्यो सरकारी जग्गा छिटै सरकारकै नामर्दता हुने छ।’

उनले ६० किलो सुन तस्करीको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचान गरी कानुनको दायरामा ल्याई कारबाही गरिने प्रतिबद्धता जनाए । सुन तस्करी प्रकरण अनुसन्धानरत रहेको र केही दिनभित्रमा नै निष्कर्षमा पुग्ने उनको जिकिर छ ।

उनले भने,‘देशभित्र अवैध रूपमा जुन सुनको तस्करी भइरहेको छ । अहिले पछिको ६० किलो सुनको तस्करीलाई आधारित बनाएर त्यसका अपराधीहरूको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचान गर्ने गरी कानुनको दायरामा ल्याएर कारबाही गर्ने प्रक्रिया अनुसन्धानरत छ ।केही दिनभित्रै निष्कर्षमा पुग्ने छ ।’

बुधबार, २० भदौ, २०८०, दिउँसोको ०४:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर