सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष सहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष सहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उमेशप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूले ५ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।​

सोलार बत्ती जडानलगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँको चेकलिएपछि अख्तियारको टोलीले लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर विरेन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो ।

पछि अनुसन्धानको सिलसिलामा गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव पनि घुस लिने प्रयोजनमा संलग्न भएको भन्दै अख्तियारले पक्राउ गरेको थियो ।

भदौ १९, २०८०, दिउँसोको ०३:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर