एसिया कप क्रिकेटको नेपाल र भारत खेल वर्षाले अवरुद्ध

काठमाडौं । श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध भएको छ । नेपालले टस हारेर पहिलो ब्याटिङ गरिरहँदा ३८ औं ओभरपछि पानी परेर खेल रोकिएको हो ।

नेपालले ३७.५ ओभरको खेल सकिँदा १७८ रन जोडेको छ भने ६ विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले ब्याटिङ गरिरहेका छन् ।

ऐरी २७ र कामी ११ रनमा खेल्दैछन् । उनीहरुबीच सातौँ विकेटका लागि ३४ रनको साझेदारी भइसकेको छ।

नेपालका ओपनर आसिफ शेखले अर्धसतक बनाएपछि नेपालले सम्मानजनक स्कोरतर्फ अघि बढेको हो । नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए। नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो।

भारतका रवीन्द्र जडेजाले तीन, सिराजले दुई र सार्दुल ठाकुरले एक विकेट लिएका छन्।

सोमबार, १८ भदौ, २०८०, साँझको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर