महानगरले लियो छात्रवृत्ति प्रवेश परीक्षा

विराटनगर । विराटनगर महानगरपालिकाले १० प्रतिशत छात्रवृत्तिको कोटामा विद्यार्थी छनोट गर्न शनिबार परीक्षा लिएको छ । महानगरले शनिबार कक्षा ११ का लागि छात्रवृत्तिको प्रवेश परीक्षा लिएको हो ।

नेपाल सरकारको नियमअनुसार सबै निजी शैक्षिक संस्थाले अनिवार्य रुपमा १० प्रतिशत छात्रवृत्ति कोटा छुट्याउनुपर्नेछ । त्यही अनुसार महानगरले आफैंले प्रवेश परीक्षा लिएको हो ।शनिबार गरिएको परीक्षाको अनुगमन महानगरका मेयर कोइरालाले समेत गरेका थिए ।
महानगरले लिएको छात्रवृत्ति परीक्षामा १ हजार १५० जना परीक्षार्थी सहभागी भएका थिए ।

जसमध्ये ६९८ जनाले छात्रवृत्ति पाउनेछन् । छात्रवृत्तिका लागि लिइएको प्रवेश परीक्षामा महानगर क्षेत्रभित्र ११ र १२ कक्षा सञ्चालन गर्ने १४ वटा विद्यालयले सहभागिता जनाएका छन् ।

अनुगमनमा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा सदस्य अञ्जु दाहालसहित सचिवालयको टिमलगायतको सहभागिता रहेको थियो ।

भदौ १७, २०८०, बिहानको ०७:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर