सञ्चार क्लबको अध्यक्षमा खड्का

विराटनगर । सञ्चार क्लब नेपाल उर्लाबारी मोरङको अध्यक्षमा कुमार खड्का निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा खड्काले २१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का प्रतिस्पर्धी घनश्याम भण्डारीले १७ मत पाएका थिए । यस्तै अर्का प्रतिस्पर्धी विजय धिमालले १ मत ल्याए ।

अध्यक्षमा निर्वाचित भएका खड्का यसअघि सञ्चार क्लबका उपाध्यक्ष थिए भने भण्डारी पूर्व अध्यक्ष हुन् । धिमाल निवर्तमान महासचिव हुन् । क्लबको महासचिवमा तिलक नेपाली निर्वाचित भएका छन् । उनले २३ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी प्रेमकेडी भट्टराईले १६ मत प्राप्त गरेका थिए ।

सञ्चार क्लबको अध्यक्ष र महासचिव पदमा निर्वाचन भएको थियो भने अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो । क्लबको उपाध्यक्षमा सुमन घिमिरे , सचिव खनेन्द्र राई , कोषाध्यक्ष ईश्वर दुलाल चयन भएका छन् ।

भदौ १६, २०८०, साँझको ०५:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर