विराटनगर । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान नेकपा माओवादी केन्द बुढीगंगा गाउँपालिकाले वडा नम्बर ६ ले सहकर्मीको धान गोडेर सुरु गरेको छ । अभियानमा सहभागी हुन पुगेका माओवादी नेता, कार्यकर्ता तथा समर्थन सुवेक्षुकहरुले तत्कालीन गाउँपार्टीका अध्यक्ष डिल्ली आचार्यको खेतको धान गोडेका हुन् ।
आचार्य मोटरसाइकल दुर्घटनामा परेर लामो समयदेखि शारीरिक रुपमा अशक्त हुनुभएको छ । उहाँको खेतको धान गोडेर वडामा पार्टी अभियान सञ्चालन गरेको स्थानीय पार्टीले जनाएको छ ।
जनतासँग एकाकार भएर अगाडि बढ्ने उद्घोष गर्दै जनसम्बन्ध सुदृढ गर्ने र जनसेवाको काममा क्रियाशील हुने उद्देश्यले आयोजना गरेको अभियानको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय अनिता परियारले गरेकी थिइन् । उनले माओवादीहरु जनताको बीचमा गएर श्रम संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिइन् ।
घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ माओवादीले आजदेखि ३ महिना अभियान सुरु गरेको हो । यस अगाडि दुई हप्तासम्म माओवादीले प्रत्येक वडातहमा तयारी बैठक आयोजना गरेको थियो ।