अन्तर स्कुल बास्केटबलमा एभरेष्ट र पोखरीया बिजयी

विराटनगर । विराटनगरमा भएको अन्तरस्कुल बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट स्कुल र पोखरीया स्कुल विराटनगर विजयी भएका छन् ।

एभरेष्ट कलेजमा भएको उद्घाटन खेलमा पोखरीया स्कुलले डनबस्को स्कुल विराटनगरलाई २४–१८ को सेटमा पराजित गर्दै बिजयी भयो । खेलको म्यान अफ द म्यच पोखरीयाका रितेश ठाकुर भए ।

दोस्रो खेलमा एभरेष्ट स्कुल विराटनगरले डिपिएस स्कुल विराटनगरलाई २६– २ अंकले पराजित गर्यो । दोस्रो खेलको म्यान अफ द म्याच एभरेष्ट स्कुल विराटनगरका शिव साह भए ।

२९ भदौंसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन एभरेष्ट स्कुलका प्रिन्सिपल टीकाराम पुरी र कोशी बास्केटबल संघका अध्यक्ष मनिष गुरुङले गरे ।

आयोजक संस्था विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालका अनुसार आजबाट सुरु भएको प्रतियोगितामा ८ वटा स्कुल सहभागि छन् । होम एण्ड अवे फरम्याटमा २८ वटा खेलहरु हुने उनले बताए ।

प्रतियोगितामा एभरेष्ट, पोखरीया, सगरमाथा, बिकेभिएम, डिपिएस, डन बोस्को,अरनिको, सेन्टजोसेफ स्कूल सहभागि छन् ।

बास्केटबल खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजित प्रतियोगिता सगरमाथा, बिकेभिएम, डिपिएस, डनबोस्को, एभरेष्ट, सेन्ट जोसेफ र कोबास कलेजको बास्केटबल कोर्टमा हुनेछ ।

होम एण्ड अवे फर्म्याटको लिगमा एउटा टिमले आफ्नो ग्रुपका टिमसँग ३ खेल आफ्नो होम कोर्टमा र ३ खेल प्रतिद्वन्द्वी टिमको होम कोर्टमा खेल्नेछ । चौथो संस्करणको प्रतियोगीताको विजेताले ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

शुक्रबार, १५ भदौ, २०८०, रातीको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर