कोशी प्रदेश सरकारविरुद्धको मुद्धा खतिवडा र माथेमाको इजलाशमा

विराटनगर । कोशी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलाशमा पेशी तोकिएको छ ।

एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिटमाथि न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलाशमा आज अन्तिम सुनुवाइ हुनेछ ।

सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो । मुख्यमन्त्री थापाले सभाध्यक्षसहित मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले उक्त कार्य गैर संवैधानिक भन्दै रिट दायर गरेको थियो ।

यसअघि नै न्यायाधीश खतिवडाकै एकल इजलाशले मुख्यमन्त्री थापालाई कुनै पनि दीर्घकालीन निर्णय नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

४ भदौमा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरीले समेत मत दिएका थिए ।

शुक्रबार, १५ भदौ, २०८०, दिउँसोको १२:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर