मुख्यमन्त्री थापाले लिएकाे विश्वासको मतबारे सर्वाेच्चमा आज सुनुवाइ हुने

विराटनगर । काेशी प्रदेश सरकारका मुख्यमन्त्री उध्दब थापाले लिएकाे विश्वासको मत असंवैधानिक भएकाे भन्दै सर्वाेच्च अदालतमा दायर रिटकाे आज सुनुवाइ हुँदैछ ।

थापाले गत भदाै ४ गते विश्वासको मत लिँदा सभाध्यक्ष गरेका काँग्रेस सांसद ईस्राईल मन्सुरीलाई पनि विश्वासको मत दिन लगाएर बहुमत पुर्याएका थिए । त्यस विरूध्द पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले मुद्दा दायर गरेका थिए । यसअघि भदाै ७ मा रिटमाथि अन्तरिम आदेश जारी गर्दै सर्वाेच्चले सरकारलाई कामचलाउ अवस्थामा रहन भनेकाे थियाे ।

अदालतले उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न आदेश दिएकाे थियाे भने विपक्षीलाई १३ गतेसम्ममा लिखित जवाफ पेश गर्न भनेकाे थियाे । उता, मुख्यमन्त्री थापाले भने आफूले संवैधानिक व्यवस्था अनुसार नै विश्वासकाे मत लिएकाे जवाफ पेश गरेका छन् ।

शुक्रबार, १५ भदौ, २०८०, बिहानको ०८:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर