विराटनगर । भारतले चन्द्रमामा सफलता हात पारेको छ । भारतीय चन्द्रयान–३ ले चन्द्रमाको सतहमा बुधबार साँझ अवतरण गरेर इतिहास रचेको हो ।
भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ।
चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ र अनुसन्धान र जानकारी सङ्कलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्नेछ । श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेको हो ।
सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै असफलतापूर्वक अवतरण गराएका छन् ।
भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएमा चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्नेछ ।
चार वर्षअघि ‘चन्द्रयान–२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले ‘चन्द्रयान–३’ बनाएको हो । इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको हो ।
भारतले ‘चन्द्रयान–३’ मिसनका लागि ६१५ करोड भारतीय रुपैयाँ खर्चेको प्रारम्भिक अनुमान छ । यो मिसनले चन्द्रमाको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ।
रुसले चन्द्रयान ३ पछि आफ्नो अभियान लुना २५ पठाएको थियो। जसलाई दक्षिणी ध्रुवमा ल्यान्ड गराउने भनिएको थियो । तर, गत हप्ता नियन्त्रणभन्दा बाहिर गएर चन्द्रमाको सतहमा क्र्यास भयो। चीनले चाँडै चन्द्रमाका लागि मिसन सुरु गर्ने बताएको छ ।
भारतले चन्द्रयान ३ पछि चन्द्रयान ४ र त्यसपछि जापानसँग मिलेर ज्वाइन्ट एक्सप्लोरेशन मिसनमा काम गर्ने बताएको छ । यसको अर्थ चन्द्रमाको अँध्यारो क्षेत्रमा रहेको जानकारी प्राप्त गर्नु हो ।
संसारका धेरै देशले मान्छेलाई चन्द्रमामा पठाउने योजना बनाइरहेका छन् । अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमामा रहन पानी जरुरी हुन्छ । त्यसबारे नै अहिले अध्ययन भइरहेको छ ।