अक्षय कुमार पनि अब भारतीय नागरिक

काठमाडौं । चर्चित बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता लिएका छन् । क्यानडाको नागरिक रहेका अक्षयले त्यसलाई परित्याग गर्दै भारतको नागरिकता पुनः कायम गरेका हुन् ।

७७ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत अक्षयले आफूलाई भारतको नागरिकता प्राप्त भएको जानकारी दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘दिल र सिटिजनसिप दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना ।’ भारतीय सञ्चारमाध्यमका अनुसार अक्षयले लामो समयदेखि भारतीय नागरिकता प्राप्तिका लागि कोसिस गरिरहेका थिए । भारतीय नागरिकता नभएको कारण उनले थुप्रै आलोचनासमेत खेप्दै आउनु परेको थियो ।

सामाजिक सञ्जालमा उनी ‘क्यानडा कुमार’ भन्दै ट्रोलसमेत भएका थिए । उनले यस विषयमा धेरैपटक स्पष्टीकरणसमेत दिनु परेको थियो । उनले सन् १९९० देखि २००० को बीचमा आफ्ना एकपछि अर्को १५ फिल्म फ्लप हुँदा क्यानडा पुगेर उतैको नागरिकता लिएका थिए ।

मङ्गलबार, ३० साउन, २०८०, साँझको ०५:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर