डेंगु नियन्त्रण सम्बन्धी वडास्तरीय अभिमुखीकरण

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले आइतबार डेंगु नियन्त्रण सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रममा गरेको छ ।

डेंगु सम्बन्धी रोकथाम तथा नियन्त्रण, खोज र नष्ट कार्यक्रम सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम गरेको वडा अध्यक्ष राम पोख्रेलले बताए ।

सहकारी संस्थाका प्रतिनिधिहरू, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि , सरोकारवाला व्यक्तिहरू, महिला स्वयंसेविका, स्वास्थ्यकर्मी उपस्थितिमा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि र वडाको स्वास्थ्यकर्मी सहभागितामा डेंगु रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष पोख्रेलले बताए ।

वडाका विद्यालयहरूमा सचेतना कार्यक्रम सञ्चालन तथा टोल सङ्गठनहरूसँग समन्वय गरी टोल–टोलमा डेंगुको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।

आइतबार, १४ साउन, २०८०, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर