मोसो दल्ने कार्यकर्ताको सदस्यता खारेज गर्ने कांग्रेसको निर्णय, नेविसंघ मोरङ अध्यक्ष पोखरेलको सदस्यता खारेज हुन सक्ने

विराटनगर । नेपाली काँग्रेसले कुनै पनि माग राखी शारीरिक आक्रमण गर्ने वा मोसो दल्ने कुनै पनि पार्टी सदस्यलाई अविलम्ब सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

यो निर्णयसँगै नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेलको सदस्यता खारेज हुने भएको छ । उनकै नेतृत्वमा गत जेठ २९ गते पूर्वाञ्चल विश्वविद्यालयको विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालो मोसो दलेका थिए । पोख्रेलकै नेतृत्वमा विद्यार्थीहरूले आयोगका अध्यक्ष महेश दाहाललाई क्वाटरमा पुगेर कालो मासो लगाएका हुन्।

केन्द्रीय समितिको बैठकले जातीय विभेद, घरेलु हिंसा वा अन्य कुनै पनि सामाजिक विसंगतिहरूमा प्रमाणित एवं कुनै पनि प्रकृतिका मागहरू अघि सारेर आन्दोलन गर्ने व्यवहार अर्थात् शारीरिक आक्रमण, कालो मोसो दल्ने घटना आदि गर्ने पार्टीका सदस्य एवं भातृ र शुभेच्छुक व्यक्तिको सदस्यता अविलम्ब खारेज गर्ने यो बैठक निर्णय गरेको जनाइएको छ ।

बुधबार, १० साउन, २०८०, साँझको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर