धरानमा डेङगु बाट ७ जनाको मृत्यु

विराटनगर । धरानमा डेङगुको कारण ७ जनाको मृत्यु भएको छ । धरानमा जेठ महिना देखि डेङगु फैलिएको थियो ।

उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताका अनुसार ३ हजार ५ सय ३२ जना डेङगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ । यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो ।

धरान उपमहानगरपालिकाले डेंगी नियन्त्रढाको लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायाको रुपमा लिएर काम अगाडि बढाइरहेको छ । धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको छ । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ ।

बुधबार, १० साउन, २०८०, दिउँसोको ०४:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर