काठमाडौँ । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले भ्रष्टाचारको मुद्दामा पार्टी कठोर हुन जरुरी भएको बताएका छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित ४१ औँ बिपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली काँग्रेसको दायित्व’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले भ्रष्टाचारले गाँजिएको मुलुकमा काँग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको हिसाबले अगाडी बढ्नु पर्ने बताए ।
‘भ्रष्टाचारले देशलाई चारै तिरबाट गम्भीर तरिकाले गाँजिएको पाएको छु । जता जसरी जहाँ हेरे पनि भ्रष्टाचार मात्र देखिन्छ । अबको यो केन्द्रीय समिति पछिको नेपाली काँग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको हिसाबले अगाडी बढ्नै पर्छ । नत्र भने नेपाली काँग्रेसको औचित्य समाप्त हुन्छ । ’
उनले देशको दण्डहीनताको अन्त्य गर्न नसकिरहेको र राज्यले नै दण्डहीनतालाई बढाउने प्रयास गरिरहेको बताएका छन् ।
काँग्रेसले विधानलाई टेकेर हिँड्ने हो भने धेरै चुनौतीहरू समाप्त उनको तर्क छ ।