सुन तस्करी सेटिङमा भएको छ : लामिछाने

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापत रवि लामिछानेले सुन तस्करीको जालो निरन्तर चलिरहेको प्रष्ट भएको बताएका छन् ।

‘त्यो कुन ढंगको मिलेमतो हो त्यो चाहिँ अनुसन्धानबाट मात्रै खुल्छ’ उनले भने ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले यही कारण गृहमन्त्रीको राजीनामा माग्ने कुरा आफूहरूको एजेन्डा नरहेको बताए । ‘राजीनामा माग्ने सामान्य होईन । सरकारकै निकायले पत्ता लगाएको हो । हामीले राजीनामा माग्ने हो भने दिएरपछि मात्रै रोकिने हो’ उनले भने ।

रास्वपा आफ्नै लाईनमा रहेको बताउँदै उनले कुनै पनि दलको एजेन्डासँग लिनुदिनु नरहेको बताए ।

मुलुकमा संवैधानिक सर्वाेच्चता आफूहरूको लाईन भएको भन्दै भागबन्डामा देशका महत्त्वपूर्ण पदहरूमा नियुक्ति गर्ने परिपाटी आपत्तिजनक रहेको उनले बताए ।

संघीय संरचनाको रेट्रोफिट गर्न आवश्यक रहेको बताउँदै उनले कार्यकर्तालाई मिलाउने गरि बनाएको प्रदेश संरचना पुनर्संरचना गर्नुपर्ने उनले बताए ।

शनिबार, ०६ साउन, २०८०, बिहानको १०:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर