क्रिकेट विश्वकपको अपुरो नेपाली सपना

सर्ट बलले सताउँदाको परिणाम

विराटनगर (एजेन्सी)– नेपालको क्रिकेट विश्वकप सपना यसपटक पनि अधुरै रह्यो । नेपाली सपना केही दिन अघि जिम्बावेमा समाप्त हुनुका केही प्रमुख कारणहरु थिए, जसमध्ये मुख्य रह्यो सर्ट बलको सकस ।

आफूभन्दा माथिल्लो स्तरका टोलीविरुद्ध खेल्ने अवसर पाएको नेपालका लागि यो यात्रामा यादगार क्षण पनि रहे । तर समग्रमा ठूला टोलीविरुद्ध कमजोर पक्ष उदांगो भएकै कारण पछि परेको नेपाली टोलीले सर्ट बलविरुद्ध भने निकै संघर्ष गर्नुपर्यो ।

समूह चरणमा नेपालले अमेरिकालाई ६ विकेटले हराउँदा जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै बाहिरिएको हो । नेपालले जिम्बावेविरुद्ध पहिलो खेलमै २ सय ९० रन बनाउँदै सानदार सुरुवात गरेको थियो । जसमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले १ सय ७१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । त्यो खेलमा बाहेक नेपालले अन्य खेलमा राम्रो प्रदर्शन गर्न सकेन । अझ नेपाल पछिल्ला दुई खेलमा हार्नुको मुख्य कारण सर्ट र बाउन्सर बलविरुद्ध राम्रो खेल्न नसक्नु थियो ।
वेस्टइन्डिज र नेदरल्यान्ड्स दुवै विरुद्ध नेपालको हारको मुख्य कारण नै सर्ट बलमा विकेट गुमाउनु बन्यो । कुनैपनि नेपाली ब्याटरले सर्ट र बाउन्सर बलमा क्रिजमा टिकेर रन बनाउन सकेनन् । विश्वका उत्कृष्ट स्पिनर सिकन्दर राजासामु खुलेर खेल्दा तीव्र गतिका बलरको बाउन्सर सामु निरिह जस्तै बने । त्यसैको कारण वेस्टइन्डिजका अल्जारी जोशेफ, जेसन होल्डर, नेदरल्यान्ड्सका लोगन भान बिक, बास डि लिडे, विक्रमजित सिंह र रायन केलिनले सर्ट बलका साथ आफ्नो टोलीको जित पक्का गराए ।

सर्ट बलको कारण नेपालले दोस्रो रोजाईको बलरका साथ विश्वकप छनोटमा आएको नेदरल्यान्ड्स सामु खुलेर खेल्न सकेन । नेपालको कमजोरीको भरपूर्ण फाइदा उठाउँदै प्रमुख ७ बलर र दुई ब्याटर नभएपनि नेदरल्यान्ड्सले सहजै पराजित गरेको थियो । प्रतियोगिताभर नै सर्ट बलविरुद्ध नेपाली ब्याटर खुलेर खेल्न सकेनन् ।

क्रिकेटमा शारीरिक उचाईले प्रदर्शनमा धेरै फरक पार्छ । त्यसमा पनि बाउन्स र सर्ट बल छोटो कदका ब्याटरलाई समस्यामा पार्नसक्छ । नेपालका लगभग सबै ब्याटरको शारिरिक उचाई तुलनात्मक रुपमा कम छ । त्यसको कारण विपक्षी बलर हाबी भएका हुन् । अग्ला कदका ब्याटर हुँदा बलरलाई सर्ट बल गर्न सहज हुँदैन । अग्ला कदका बलरले आफ्नो उचाईको फाइदा उठाउँदै नेपाली ब्याटरलाई पूर्ण दबाबमा राख्न सफल रहे ।

नेपाली ब्याटरले नेदरल्यान्ड्स र वेस्टइन्डिज जस्ता माथिल्लो स्तरका बलरसँग खेल्न र अभ्यास गर्न पाएका थिएनन् । नेपालले पछिल्लो समय आफ्नै स्तरको टोली स्कटल्यान्ड, नामिबिया, ओमान, युएई, अमेरिका जस्ता देशका बलरको सर्ट बल नेपालले खेल्दै आएका छन् । तर वेस्टइन्डिजसँग नेपालले पहिलो पटक खेलेको थियो ।

समान दुई पटकको एकदिवसीय र टि२० विश्वकप विजेता वेस्टइन्डिजले पहिलो खेलमै नेपाली ब्याटरको कमजोरीको फाइदा उठायो । नेदरल्यान्ड्सले पछिल्लो समय नेपालले भन्दा माथिल्लो स्तरको १२ टेस्ट टोलीसँगै सुपर लिग खेल्दै आएको थियो ।

ओडिआईमा नेदरल्यान्ड्ससँग २०१८ पछि खेलेको थियो । उनीहरुको प्रमुख बलर नभएपनि काउन्टीमा लगातार खेल्दै आएका छन् । एकै पटक ठूला टोलीविरुद्ध खेल्दा पनि नेपाली ब्याटरले संघर्ष गरेका हुन् ।

नेपालले स्पिनर सिकन्दर राजाविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको थियो । त्यसको मुख्य कारण स्पिन पिचमा लगातार खेल्नु हो । अर्कोतर्फ अभ्यासमा सन्दीप, ललित लगायतका स्तरिय स्पिनमा खेलेका हुन्छन् । तर स्पिन जस्तो स्तरिय तीव्र गतिका बलरसँग अभ्यास गरेको हुँदैन । त्यसको असर नतिजामा देखिएको हो ।

नेपाली क्रिकेटमा गति र हाइट भएका तीव्र गतिका बलर छैनन् । त्यसको त्यसको अभ्यास गर्न पाउँदैनन् । सर्टबलमा ब्याटरलाई फसाउन गति हुनुपर्छ । गतिल मात्रै बाउन्स र सर्टमा ब्याटरलाई फसाउन सक्छन् । नेपाली बलरको गति १२५ किमी प्रति घण्टाको आसपास छ । जुन गति विपक्षी ब्याटरले सहजै खेल्न सक्छन् ।

त्यसैले घरेलु क्रिकेटमा बलरहरु सर्टबलको जोखिम लिन चाहदैनन् । अर्कोतर्फ सर्टबलको लागि शारीरिक उचाईले पनि धेरै फाइदा गर्छ । गुलशन झा बाहेक अन्य कुनैपनि नेपाली बलरको शारीरिक उचाई तुलनात्मक रुपमा कम छ । त्यसले गर्दा सर्ट बल गर्न कठिन पर्छ । जेसन होल्डर, जोशेफ र लोगन भान बिंकले सर्ट बल गर्नुको मुख्य कारण उनीहरुको शारीरिक उचाई पनि एक कारण हो ।

प्रशिक्षक मोन्टी देशाईले नेट सेसनमा बलिङ मेसिनको प्रयोगसँगै आफ्नो टोलीमा दुई थ्रो डाउन स्पेसलिस्ट राखेका छन् । दायाँ र बायाँ हाते थ्रो डाउन स्पेसलिस्टले तीव्र गतिमा ब्याटरहरुलाई सर्ट बल र अन्य बलका लागि प्रशिक्षण त गराउँछन् । तर खेलमा फरक भेरिएसन र अनुभवी बलरसामु ब्याटरको संघर्ष जारि छ ।

नेपालको टियुलाई छाड्ने हो भने अन्य सबै क्रिकेटका मैदानको पिच सर्ट र बाउन्सर बल सहयोगी छैनन् । यदि बलरले त्यो प्रयास गरे पनि सफल हुन सक्दैनन् । टियु बाहेक नेपालको सबै मैदान र खेल्ने ठाउँमा स्पिनर हाबी हुन्छन् । नेपालले राष्ट्रिय प्रतियोगिता खेलाउने मुलपानी स्पिनरको एक राम्रो उदाहरण हो । जसको कारण सकभर टिम कप्तान पनि स्पिनरमै ध्यान दिन्छन् ।

अर्कोतर्फ विकेट नै नआएपछि बलरहरु पनि त्यो प्रयास गदैनन् । सुस्त गतिको पिचको कारण बलरको गति उल्टै घट्छ । सर्ट र बाउन्सरमा तर्साउन खोज्दा चौका र छक्का खानुपर्छ । सुरुवात देखीनै नेपाली ब्याटरले त्यो पिच र कन्डिसनमा खेल्न पाउँदैनन् । पिचले साथ पनि दिएको हुँदैन ।

बाल्यकाल देखि नै सर्ट बलमा तयारी गर्न पाउँदैनन् । यदि कुनै बलरले त्यो प्रयास गरेपनि विकेट हतपत आउँदैन । विकेट नआउँदा बलरले त्यो जोखिम लिन चाहदैन । त्यो आफैले तयारी पनि गरेको हुँदैन । सानैदेखीनै सर्ट बलको तयारी नहुनु एक प्रमुख कारण हो ।

नेपालको एकमात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाउन्ड्री ६० देखी ६५ मिटरको छ । जुन मैदानमा सर्ट बलमा एज लाग्दा पनि सहजै चौका र छक्का हुन जान्छ । त्यसैले टियुमा नेपाली ब्याटरले सर्ट बलमा रन बनाउँदै आएका थिए ।

तर विदेशी भूमिमा ७० मिटरभन्दा बढी बाउन्ड्री हुँदा एज लागेर चौका र छक्का नभएर क्याच आउटको शिकार हुनु परेको हो । अर्कोतर्फ सिनियर टोलीको लागि हुने खेलाडी छनोटमा टियुमा त्यहि समस्या छ । त्यसैले बलरहरु उक्त बलको प्रयास गर्दैनन् ।

सोमबार, ११ असार, २०८०, दिउँसोको ०२:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर