विराटनगर । फेक्ट नेपालद्वारा विराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका (मुख भित्र जिब्रो भन्दा माथि चिरिएका) तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका व्यक्तिहरुका लागि निःशुल्क शल्यक्रिया सेवा दिन थालेको छ ।
कोशी प्रदेश, मधेश प्रदेशबाट समेत १६ जना बिरामीहरु उपचारका लागि आएको नर्सिङ स्टाफ निलम श्रेष्ठले जानकारी दिइन ।समस्यामा परेका आफ्ना टोल समाजमा रहेका यस्ता प्रकृतिका व्यक्तिहरुले सम्पर्क गदौ उपचार पाउने भएका हुन् । मुखभित्रको सल्यक्रिया भइसकेपछि बोली राम्रो बनाउन बोलीको तालिम हरेक दिन दिने गरेको स्पिच थेरापिस्ट शिवकुमारी राईले जानकारी दिइन् ।
जलेको पोलेको बिरामीको उपचार पश्चात फिजियो थेरापी गराउनु पर्ने र उक्त सेवा समेत फेक्ट नेपालले निःशुल्क उपलब्ध गराएको संस्थाका कर्मचारी सबिना चौधरीले जानकारी दिइन् ।
प्लास्टिक सर्जन डाक्टर किरण नकर्मीको नेतृत्वमा डाक्टर बन्दना पौडेल लगायतको टोलीले निशुल्क शयक्रिया गरि उपचार गरिरहेका छन् ।