कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन र फर्निचर खरिद नगरिने पनि बताए ।

यस्तै अत्यावश्यकबाहेक नयाँ भवन निर्माण नगरिने भन्दै उनले आत्यावश्यक बाहेकका विदेश भ्रमणलाई पनि निरुत्साहित गरिएको बताए ।

गाडी समेत खरिद नगर्ने उनले बताएका छन ।

सोमबार, १५ जेठ, २०८०, साँझको ०५:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर