विराटनगर । नेपालमा कोरोना संक्रमितको संख्या ३० जना पुगेको छ । अहिले २९ जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिदैछ । प्रदेश १ को राजधानी विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार रातिदेखि १२ जना संक्रमितलाई आइसोलेसनमा राखिएको छ । कोरोना संक्रमण भएका बिरामीका लागि विभिन्न ४४ प्रकारका औषधिहरु प्रयोग गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न ४४ प्रकारका औषधीको सूची विज्ञसँग छलफल गरेर तयार गरेको हो । तर यो औषधि आइसियुमा राख्दाको अवस्थामा प्रयोग गरिनेछ । कम्तिमा १५ दिन इन्टेन्सिभ केयर युनिट (आइसीयू) मा राख्नुपर्दा कोरोना संक्रमितले यी ४४ थरीका अत्यावश्यक औषधी सेवन गर्नुपर्नेछ । कुनैपनि समय आइपर्नसक्ने आपत्कालिन अवस्थालाई दृष्ट्रिगत गरेर औषधिको सूचि तयार गरी त्यसको जोहो गर्ने तयारीमा सरकार जुटेको बताइएको छ । मन्त्रालयले तयार पारेको सूचीलाई उच्चस्तरीय समितिले अनुमोदन गरिसकेको बताइएको छ ।