बादलपुत्र प्रतिक र पूर्वसांसद शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी

बादलपुत्र प्रतिक र पूर्वसांसद शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी

विराटनगर । नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यस्तै पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरी स्रोतका अनुसार प्रतीकलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतवार अनुमति दिएको छ ।

शेर्पाले नक्कली शरणार्थी गिरोहका नाइके सानु भण्डारीलाई हिरासतमै पुगेर भेटेको सार्वजनिक भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्