प्रदेश नामकरणको विरोधमा सडकमै उभौली

विराटनगर । प्रदेश नामकरणको विरोधमा विराटनगरमा यस वर्षको उभौली पर्व सडकमै मनाइएको छ ।

राई, लिम्बू र याक्खा जातिले विराटनगरको रोडशेष चोकमा उभौली मनाउने भएका हुन् ।अरुबेला भने कूल देवताको पूजा आराधना गर्दै साकेला र च्याब्रुङ नाचेर साकेला थानमा मनाउने गरिन्थ्यो । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र किरात याक्खा छुम्माले संयुक्त रूपमा सकमै उभौली पर्व मनाएका हुन ।

उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य रहोस् र प्रकोप तथा विपत्तिहरू नआउन् भनी पूजा गर्ने प्रचलन छ । यस चाडमा सुनुवार र राईहरू साकेलारसखेवा शिली नाच्छन् भने लिम्बु र याक्खाहरूले च्याब्रुङ, डोकेनी नाच नाच्दै प्रकृतिलाई पूजा गर्ने चलन रहेको छ ।
फागुन १७ गते १ नम्बर प्रदेशको नाम कोशी राखिएसँगै पहिचान पक्षधरले यस पटक ‘सडकमै जुटौँ, सडकमै नाचौँ’ मूल नाराका साथ उभौली मनाएका हुन ।

शुक्रबार, २२ बैशाख, २०८०, दिउँसोको ०४:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर