विराटनगर । विराटनगर–३ स्थित पोखरिया माध्यायमिक विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यालय परिवारको तर्फबाट १ लाख ५१ हजार २५ रुपैयाँबराबरको राहत सामाग्री सहयोग गरेको छ ।
पोखरियाका शिक्षक तथा कर्मचारीको टोलीले सो रकम बराबरको २ हजार ५ सय ४४ किलो चामल, ३ सय २५ किलो दाल, २ सय २० किलो नुन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरेको हो ।
विश्वव्यापी कोरोना माहामारीले लकडाउनका कारणले अति विपन्न र दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने समुदाय समस्यामा परेको भन्दै सोही समुदायका लागि राहतस्वरुप सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिनुभयो ।
संस्थागत (निजी) विद्यालयका संचालकहरुबाट खासै सहयोग नजुटिरहेको बेला विराटनगरको एक मात्र उत्कृष्ट सामुदायिक विद्यालय पोखरियाले गरेको सहयोगलाई सबैले उदाहरणको रुपमा लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले बताउनु भयो ।