काठमाडौं । सरकारले एसीसी प्रिमियर कपको विजेता क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई भने सकारले जनही तीन लाख रुपैयाँ दिने भएको छ ।
बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा आवश्यक रकमको व्यवस्था गर्ने निर्णय गरेको छ ।
मंगलबार भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो । एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपका लागि छनौट भएको छ।