रुकुमका दुई जनामा कोरोना पोजेटिभ, पुनः परीक्षण हुँदै

काठमाडौं । धनगढीमा गरिएको परीक्षणमा रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

यसअघि आरडिटी गर्दा पनि पोजेटिभ देखिएका दुई जनाको स्वाब परीक्षणमा पनि पोजेटिभ देखिएको हो ।

प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काका अनुसार धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि पुनः परीक्षण गर्न काठमाडौं पठाइएको जानकारी दिनुभयो । सुर्खेतमा पिसिआर मेसिन नभएकाले आरडिटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाइएको थियो । तीमध्ये दुई जनाको त्यहाँ पनि पोजेटिभ देखिएको खड्काले बताउनुभयो ।

सुर्खेतबाट ल्याईएको ९९ वटा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखिएको हो । प्रयोगशालामा जडान गरिएको आरटीपीसीआर मेशिनमा नमूना परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कोरोना पोजेटिभ देखिएका उनीहरू केही दिनअघि भारतबाट आएका थिए। उनीहरू होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।

नेपालमा अहिलेसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना निको भएर घर फर्किएका छन्। अहिले धनगढीमा ५, वीरगन्जमा ४, बाग्लुङमा २, टेकु र पाटन अस्पतालमा २÷२ जना संक्रमितको उपचार भइरहेको छ।

बिहिबार, ०४ बैशाख, २०७७, दिउँसोको ०४:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर