राहतमा बाँडियो २९ लाख किलो चामल

विराटनगर । लकडाउनका कारण रोजगारी नपाएर समस्या परेका नागरिकहरुलाई मोरङका सबै स्थानीय तहहरुले एक चरणको राहत वितरण गरेका छन् ।
मोरङको एउटा महानगरपालिका, ८ वटा नगरपालिका र ८ वटा गाउँपालिका गरी १७ स्थानीय तहले २९ लाख २७ हजार ७१२ किलोग्राम चामल राहत स्वरुवप बिपन्न, गरीब र मजदुरहरुलाई वितरण गरेको छ ।

स्थानीय तहहरुले प्रदेश सरकारलाई उपलव्ध गराएको विवरण अनुसार राहतमा १ लाख ७३ हजार ५८८ किलो दाल, ५८ हजार ३३८ किलो आलु, ८२ हजार १९१ किलो नुन, ४६ हजार ७३९ लिटर तेल, ७३ हजार ७ सय ६३ वटा साबुन, ३९ हजार ४०२ किलो चिउरा र १५ सय ३० लिटर दूध वितरण गरेका छन् ।

सबैभन्दा धेरै विराटनगर महानगरपालिकाले २६ हजार २६८ घरधुरीलाई ३ लाख १५ हजार २१६ किलोग्राम चामल राहतमा वितरण गरेको जनाएको छ । महानगरले ३९ हजार ४०२ किलो दाल, ५२ हजार ५३६ किलो आलु, २६ हजार २६८ किलो नुन, १३ हजार १३४ लिटर तेल, २६ हजार २६८ डल्ला साबुन र ३९ हजार ४०२ किलो चिउरा वितरण गरेको जनाएको छ ।

मोरङको रंगेली नगरपालिकाले ७ हजार ७५२ घरधुरीलाई १ लाख १६ हजार २८० किलो चामल, सुनवर्षी नगरपालिकाले २४ सय ९२ घरधुरीलाई ४९ हजार ८४० किलो, धनपालथान गाउँपालिकाले ६ हजार ४२१ किलो, बेलबारी नगरपालिकाले ४१ सय १५ घरधुरीलाई १ लाख ८१ हजार ६ सय किलो, सुन्दर हरैंचा नगरपालिकाले ४ हजार ८ सय धरधुरीलाई ९६ हजार किलो, केराबारी गाउँपालिकाले १५ सय ११ घरधुरीलाई २३ हजार ७०५ किलो चामल राहतमा वितरण गरेको छ ।

यसैगरी ग्रामथान गाउँपालिकाले २५ सय ४४ घरधुरीलाई २५ हजार ४४० किलो, जहदा गाउँपालिकाले ५८ सय १६ घरधुरीलई ७५ हजार ७३५ किलो, कटहरी गाउँपालिकाले ४ हजार घरधुरीलाई ६० हजार किलो, बुढिगंगा गाउँपालिकाले ६ हजार ३८३ घरधुरीलाई ९५ हजार ७४५ किलो, लेटाङ नगरपालिकाले २१४१ घरधुरीलाई, २५ हजार ६९६, पथरी शनिश्चरे नगरपालिकाले ४ हजार २९४ घरधुरीलाई ९८ हजार ३०२ किलो, कानेपोखरी गाउँपालिकाले २२ सय ४० घरधुरीलाई ३४ हजार ९० किलो चामल राहतमा वितरण गरेको छ । यस्तै उर्लाबारी नगरपालिकाले ७ सय ९३ घरधुरीमा २१ हजार २१० किलो, र मिक्लाजुङ गाउँपालिकाले १५ सय ४२ घरधुरीमा १५ हजार ६४७ किलो चामल विपन्नलाई वितरण गरेको छ । यि सबै स्थानीय तहले दाल, नुन र तेल पनि समान अनुपातमा वितरण गरेको जनाएका छन् ।

बुधबार, ०३ बैशाख, २०७७, साँझको ०६:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर