सहकारी क्षेत्रले महिलाको नेतृत्व विकास गरेको छ : खापुङ

विराटनगर । ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने मूल नाराका साथ मोरङ पनि सहकारी दिवस मनाइएको छ । सहकारी दिवस मूलसमारोह समितिको आयोजनामा सुन्दर हरैचाको विराट चोकमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।

कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले सहकारी क्षेत्रमा महिलाको सहभागिता बढी रहनु खुसीको कुरा रहेको बताए । नेपालको अर्थतन्त्रमा सहकारीको पनि ठूलो योगदान रहेको उनको भनाइ छ ।

महिलाहरुलाई नेतृत्व तहसम्म पर्याउन पनि सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । ‘राजनीतिमा महिलाको नेतृत्व स्थापित गर्न पनि सहकारीले सघाएको छ’, उनले भने, संघीय निर्वाचन, प्रदेश निर्वाचन तथा स्थानीय तहको निर्वाचनमा महिलालाई निर्वाचित हुन सहकारी मार्फत समाजमा जोडिएका कारण सहज भएको छ । यो सकारात्मक पक्ष हो ।’

सहकारीले रोजगारी पनि सिर्जना गरेको प्रमुख आपुङले बताए । पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको समस्याको बारेमा बोल्दै उनले हिड्दै जाँदा ठेस लाग्ने भएकाले सानो तिनो ठेस लाग्दैमा रोकिनुपर्ने अवस्था नरहेको बताए । सहकारीले हरेक काम गर्ने भएकाले पनि सहकारी क्षेत्रले अझै देखिने काम गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईले केदार गुरागाइ सुन्दर हरैचा नगरपालिका मेयर सहकारीले भाषा धर्म, आर्थिक सामाजिक सबै क्षेत्रमा काम गरेको गरिरहेको बताए । सकारात्मक कामको प्रशंसा कम र नकारात्मकको बढी प्रचार हुने भएकाले अहिलेको सहकारीको अवस्था पनि त्यस्तै भएको बताए ।

स्थानीय तहहरुको पनि सहकारीकर्मीहरुले सोचे जस्तो नभएपनि काम भने भईरहेको बताए ‘हामी भित्र रहेका सकारात्मक कुरालाइ पनि अगाडि बढाउन सकिन्छ भनेर जाने हो, यहाँ कि निजि तथा कि सरकारी भन्ने अबस्था छैन्’, उनले भने, ‘सहकारी क्षेत्र पनि छ अहिले । अर्थतन्त्रको तीन खम्बा मध्येको एक सहकारी पनि हो । तर, सहकारीले यो दिएन उ दिएन भनिरहदा पाएको चिज कति उपयोग गरेउ भन्ने कुराको नि समिक्षा गर्नुपर्ने दिन आएको छ ।’ सस्था मोटाउने र सदस्य दुब्लाउने हो भने सहकारीकर्मी भनेर छात्ती फुलाउनु पर्ने अबस्था नरहेको गुरागाईले बताए ।

त्यसैगरी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले समस्या भन्दा बढी हल्ला भएको बताइन् । राम्रा कुरा भन्दा नराम्रो कुरा धेरै बिक्ने र खोजी पनि नकारात्मक कुराको धेरै हुने गरेको उनको भनाइ छ । सहकारीमार्फत नेतृत्व विकास पनि भईरहेको उनले बताईन । लघुबित्तले गर्दा समुदायमा अधारित भएर चलिरहेका सहकारीलाई मुछ्न नहुने भन्दै नेपालले सदस्यको घर घरमा जान जरुरी रहेको बताइन् । बचत तथा ऋण सहकारी संघ कोशी प्रदेशका उपाध्यक्ष हरि सुवेदीले लघुबित्तका कारण सहकारीलाई धेरै समस्या भएको बताए ।

मूल समारोह समितिका संयोजक डिल्ली पोखरेलको अध्यक्षता भएको कार्यक्रममा झाँकी सहितको र्याली निकालिएको थियो । र्यालीमा सहभागि हुनेहरुलाई सहभागिताको आधारमा प्रथम, द्धितीय र तृतीय हुनेलाई सम्मान गरिएको थियो ।

सोमबार, २० चैत, २०७९, साँझको ०७:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर