स्नेहा खरेल
२१औं शताब्दीको युग विज्ञान र प्रविधिको युग हो । विज्ञानको नयाँ नयाँ खोज र अनुसन्धानका कारण पछिल्लो समय मानव जीवन सरल र सहज बन्न थालेको छ । यसका बाबजुत विज्ञानले कुनै पनि मानिसलाई जीवन र मृत्युबाट भने बचाऊन सकेको छैन । तर जापानका एक वैज्ञानिकले कृतिम रगत बनाएर मानिसलाई पुनर्जीवन दिन थालेका छन् ।
यस कृतिम रगतलाई जापानको टोकोरोजावा स्थित नेशनल डिफेंस मेडिकल कलेजमा तयार गरिएको हो । कृतिम रगतको निर्माणसंगै अब कुनै पनि मानिस रगतको अभावमा मर्न नपर्ने अपेक्षा गरिएको छ । कृत्रिम रगत सिर्जनाको मेधावी विधाको लागि आविकारकहरूलाई धन्यवाद छ । मानिसको जीवन यो कार्यद्वारा बचाउन सकिन्छ । कृत्रिम रगत जोसुकैलाई पनि दिन सकिन्छ, रक्त समूहको वास्ता नगरीकन बिरामीको रगतसँग यो रगत मिल्छ मिल्दैन भनेर सुनिश्चित गर्नु पर्ने आवश्यकता पनि हुँदैन । जब रक्त आपूर्ति छिटो दौडन्छ, त्यो समयमा ठूलो परिमाणमा उत्पादन गर्न सकिन्छ । रसायनपूर्वक उत्पादित यो रगत ब्याक्टेरिया र भाइरस मुक्त हुन्छ ।
रक्तकार्यको विकास आकस्मिक शल्यक्रिया गर्नमा जीवनदानको रूपमा प्रमाणित भएको छ उदाहरणको लागि आन्तरिक चोटबाट आउने रगतको कारणले कहिलेकाहीं मृत्यु हुनसक्छ । तर हालका वर्षहरूमा १७ देखि ८० प्रतिशतसम्म यसले शल्यक्रियामा सफलता पाएको छ । यस कृतिम रगतको निर्माणसँगै अब कुनै पनि मानिस रगतको अभावमा मर्न नपर्ने अपेक्षा गरिएको छ ।
खरायोमा पहिलो परीक्षण
जापानी वैज्ञानिकले पहिलो पटक यस कृतिम रगतको प्रयोग खरायोमाथि गरेका थिए । जुन सफल पनि भयो यसको निर्माण राता रक्तकोष, अक्सिजन र प्लेटलेट्स प्रयोग गरी बनाइएको हो । यो सँगै अब कुनै पनि बिरामीले रगतको अभावमा अकालमा मर्नु नपर्ने वैज्ञानिकहरुले बताएका छन् ।
रगतको बारेमा केहि रोचक तथ्य
१. सन् १६६७ मा दुई कुकुर बीच रगत ट्रान्सफर गरिएको थियो ।
२. विश्व को पहिलो ब्लड बैंक सन् १९३७ मा स्थापना भयको थियो ।
३. एक थोपा रगतमा १०,००० ह्वाइट ब्लड सेल र २५,०००० प्लेटलेट्स हुन्छ ।
४. हाम्रो नसामा रगत ४०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडिन्छ, र एक दिनमा ९६०० किलोमिटर को दुरी तय गर्छ ।
५.मादा लामखुट्टेले मात्र खुन चुस्ने गर्छ, नर लामखुट्टेहरु साहाकारी हुन्छन्, र यसले केवल मिठो तरल पदार्थ पिउने गर्छ, मादा लामखुट्टेले आफ्नो वजन भन्दा ३ गुणा बढी खुन पिउन सक्छ ।
६. तपार्इंलाई लाग्न सक्छ कि, लामखुट्टेले केवल हाम्रो थोरै मात्र खुन चुस्छ भनेर , तर तपाइलार्इं थाहा छैन होला कि १२ लाख लामखुट्टेले तपाइको पुरै शरिरको रगत पिउन सक्छ
७. जापानमा व्यक्तिको रगत ग्रुपबाट नै व्यक्तिगत बिवरण पत्ता लगाउने गरिन्छ ।
८. जेम्स ह्यारिसन नामका व्यक्तिले ६० वर्ष सम्ममा १००० पटक रगत दान गरिसकेका छन् भने २० हजार व्यक्तिको ज्यान जोगाइ सकेका छन् ।
९. ब्राजिल को एक आदिवासी समूह “बोरोसो” भन्ने समूहमा, हैरानको कुरात यो हो किÞ” त्यस समूहका सम्पूर्ण व्यक्तिको “इ” ग्रुप नै रहेको छ ।
१०. लगभग सबैको खुन रातै नै पाइन्छ तर माकुराको रगतमा निलो रंगको खुन पाइन्छ ।
११. शारीरिक तबरमा एकै पटक पिसाब गर्न र रक्तदान गर्न असम्भव छ ।
१२. रक्त कोशिकालाई पूरै शरीर चक्कर लगाउन केवल ३० सेकेण्ड लाग्छ भने २० सेकेन्डमा एक लाख १२ हजार किलोमिटर दुरी तय गर्न सक्छ ।