विराटनगर । नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा भेषराज लोहनी निर्वाचित भएका छन् ।
विराटनगरका घरजग्गा व्यवसायी घनश्याम पोखरेल उक्त महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै बरिष्ठ उपाध्यक्षमा दिपककुमार मलहोत्रा, उपाध्यक्षद्वय राजकुमार राई एवं विदुर धमला, महासचिव विष्णु (धुर्व) प्रसाद घिमिरे, सचिव रामसुन्दर बके र कोषाध्यक्ष रोशन कुमार भोयद्यो निर्वाचित भएका हुन् ।
प्रदेशबाट प्रतिनिधित्व गर्नेहरुमा पोखरेल (कोशी)सहित अरुण स्तोम त्रिपाठी (गण्डकी प्रदेश), बाबुराम अधिकारी (वागमती प्रदेश) एवं दशरथ पौडेल (लुम्बिनी प्रदेश) र २ जना खुला सदस्यमा धर महरा क्षेत्री (दाङ) र पूर्णिमा राजभण्डारी (काठमाडौं) रहेका छन् । नवनिर्वाचित अध्यक्ष लोहनीले आफूसहित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई निर्विरोध निर्वाचित गराएकोमा धन्यवाद ज्ञापन गरे ।
महासभाको उद्घाटन सिमाविद् तथा नेपाल जग्गा तथा आवास विकास संघ, काठमाडौंका संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले गरेका थिए । सो अवसरमा उनले शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या झण्डै ६६ प्रतिशत पुगेको बताउँदै जनताको आवासको अधिकारको प्रत्याभूति गर्नमा रियल इस्टेट व्यवसायीहरुको ठूलो योगदान रहने बताए ।