बिराटनगर । विराटनगर–९ को सोम्स कलेजमा एक दिने बैङ्गिक साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
कलेजमा लुम्विनी बिकास वैंकका शाखा प्रमुख अमित अग्रवालका साथै मेनुका र अन्य कर्मचारीले वितीय साक्षरता बारे प्रकाश पारेका थिए । साक्षरता अन्तरगत आइपिओ, शेयर मार्केट, खाता संचालन, बचत तथा बितीय कारोवार संचालन र यसको महत्वबारे प्रष्ट पारियो ।
यस्ता बैकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रमले विद्यार्थीहरूलाई कार्य क्षेत्रमा कार्य गर्न र शिक्षलाई व्यवहार उपयोगी बनाउँदै दक्ष जनशतmी उत्पादनमा सहयोग पुर्याउने कलेजका संचालक तथा डाइरेक्टर रोशन घिमिरेले बताए । कलेजले यसखाले कार्यक्रमबाट लाभान्वित भएको डाइरेक्टर घिमिरेको भनाइ छ ।