विराटनगरस्थित नर्सिङ क्याम्पसमा नेविसंघको तालाबन्दी, स्ववियु निर्वाचन अन्यौल

विराटनगर । क्याम्पस प्रशासन र निर्वाचन समितिले मिलेमतो गरेको आरोप लगाउँदै नेविसंघले विराटनगरस्थित नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको छ ।

नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेलका अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले एमाले निकट अनेरास्ववियुलाई जिताउने गरी ‘सेटिङ’ गरेको भन्दै तालाबन्दी गरिएको बताए ।

अहिले कायम रहेको निर्वाचन समिति भंग गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए । १८५ जना विद्यार्थी रहेको उक्त क्याम्पसको स्ववियु निर्वाचनका लागि अनेरास्ववियु र नेविसंघले उम्मेद्वारी दिएका थिए । नेविसंघले तालाबन्दी गरेसँगै चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन प्रभावित हुने भएको छ ।

शुक्रबार, ०३ चैत, २०७९, साँझको ०५:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर