प्रदेश १ : ६४१ को परीक्षण, सबैको नेगेटिभ

विराटनगर । प्रदेश नं. १ मा कोरोना मंगलबारसम्म कोरोना भाइरसको परीक्षण गरिएका शंकास्पद ६४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब भरतमणि रिजालका अनुसार मंगलबारसम्म प्रदेशभरी ६५३ जनाको नमुना संकलन गरिएकोमा १२ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेशमा थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २५१ जनामध्ये २३९ जनाको पिसिआर मेशिसनमा परीक्षण नेगेटिभ रिपोर्ट आएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । १२ जनाको भने रिपोर्ट आउने क्रममा छन् । प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा पिसिआर प्रबिधिबाट कोरोनाको परीक्षण भइहरेको छ ।

यसैगरी मंगलबारसमम प्रदेशमा ४०२ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशका सबै जिल्लामा क्वारेन्टाइनमा बसिरहेका र चैत महिनामा विदेशबाट आएकाहरुको आरडिटी बिधिबाट परीक्षण भइहरेको प्रदेश सरकारले जनाएको छ । मंगलबार मात्र आरटिडीबाट ४५ र पीसीआर प्रबिधिबाट १८ जनाको परीक्षण भएको छ ।

प्रदेशमा २५२ स्थानमा ४ हजार ४२१ वेडको क्वारेन्टाइन बनेको छ भने ५२ महिला र ४८६ पुरुष गरी ५३८ जना क्वारेन्टाइनमा बसिरहेका छन् । मंगलबार वारेन्टाइनबाट ५३ जना फिर्ता भएका छन् भने ४ महिला र १५ पुरुष थपिएका हुन् । प्रदेशमा होम क्वारेन्टाइनमा ३६८० जना बसिरहेका छन् ।

यस्तै प्रदेशमा ४९ अस्पतालमा ४४६ वटा आइसोलेशन बेड तयार भएकोमा ४ महिला र ६ पुरुष आइसोलेशनमा रहेका छन् ।

मङ्गलबार, ०२ बैशाख, २०७७, साँझको ०६:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर