बर्जु गाउँपालिका र काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेसनबीच निड आइडेन्टिफिकसन सम्झौता

सुनसरी । बर्जु गाउँपालिका सुनसरी र काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेसनबीच विद्यालयको आवश्यकता पहिचानका लागि सम्झौता भएको छ । शुक्रबार बर्जु गाउँपालिकाका अध्यक्ष जीवछ कुमार राय र काठमाण्डौं विश्वविद्यालयका अंग्रेजी शिक्षण विभागका प्रमुख डा. हेमराज काफ्लेले हस्ताक्षर गर्नु भएको हो ।

समझदारी पत्र अनुसार बर्जु गाउँपालिकाका आधारभूत तहका ६ वटा विद्यालयहरुको वास्तविक शैक्षिक, प्रशासनिक लगायत अन्य पक्षको सुक्ष्म पहिचान गरी प्रत्येक विद्यालयहरुको विद्यालयगत प्रोफाइल निर्माण हुने उक्त विश्वविद्यालयका लेखन तथा सन्चार केन्द्रका संयोजक डा. सिद्दार्थ ढुङ्गानाले जानकारी दिए ।

उनले यो कार्य अबको १ महिनाभित्रमा सम्पन्न हुने समेत बताए । कार्यक्रममा प्राज्ञ डा.पार्वती ढुङ्गाना, अनुसन्धानकर्ता सन्दिप ढुङ्गाना, बर्जु गाउँपालिकाका शिक्षा अधिकृत बाबुराम कार्की लगायतको उपस्थिति रहेको बर्जु गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक हेमराज दाहालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष जीवछ कुमार रायले सार्वजनिक विद्यालयहरुको शिक्षण शैलीमा आमुल परिवर्तनको खाँचो ‍रहेको बताउँदैं यसले बर्जु गाउँपालिकाको गाउँ शिक्षा योजना निर्माणको आधार तयार गर्न सहयोग पुर्याउने धारणा राखे ।

शनिबार, २७ फागुन, २०७९, रातीको ०८:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर