विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरस्थित न्युरो हस्पिटलले एक महिनासम्म छुट योजना ल्याएको छ ।
हस्पिटलले फागुन १७ देखि चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट योजना ल्याएको हो ।
हस्पिटलले मंगलबार पत्रकार सम्मेलन गरी मार्च ८ मा पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर छुट योजनासहित सचेतना मूलक अभियानको कार्यक्रम पनि गर्दै आएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । सम्पूर्ण महिलाहरूको सम्मानका लागि महिना भरी प्रसूति तथा स्त्री रोगको ओपिडी सेवा निःशुल्क गरिएको छ । प्रसूति तथा स्त्री रोग ओपिडी सेवाको जाँचमा २५ प्रतिशत छुट रहेको रहेको छ । यहाँ वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेकी प्रा।डा। शैलजा क्षेत्री ९श्रेष्ठ० र डा।निशा अधिकारी रहेकी छिन् ।
अस्पतालले पाठेघरको मुख सम्बन्धी क्यान्सरको जाँच पनि निःशुल्क गर्ने भएको छ । प्याप स्मियर जाँच र कोल्पोस्कोपी जाँच पनि हुनेछ । हस्पिटलले स्तन क्यान्सर सम्बन्धी परामर्शको साथै सचेतना कार्यक्रम पनि गर्ने मेडिकल डाइरेक्टर प्रा।डा। शैलजा क्षेत्री श्रेष्ठले बताइन् । ‘महिलाहरूमा हुने स्तन क्यान्सरको सुरुवाती पहिचान कसरी गर्ने भन्ने विषयमा पनि सचेतना तथा परामर्श र जाँच गरिनेछ,’ डा। शैलजाले भनिन्, ‘महिलाहरूमा यस्तो समस्या देखा पर्न थालेको छ । स्वास्थ्य सचेतना जोगाउन जरुरी रहेको छ ।’ अहिले एकदमै बाझोपनको समस्या पनि बढ्दै गएको उनले बताइन् । निकट भविष्यमा न्युरोले आइबिएफ सेवा पनि सुचारु गर्ने तयारीमा रहेको छ ।
यस्तै हस्पिटलले मानसिक स्वास्थ्य सम्बन्धी परामर्श परामर्श दिन दिने भएको छ । महिला स्वास्थ्य सम्बन्धी हेल्थ प्याकेजहरूमा पनि विशेष छुटको व्यवस्था गरिएको हस्पिटलले जनाएको छ । एक महिनासम्म निःशुल्क सेवा लिने महिलाहरूको परिवारका सदस्यहरूलाई पनि विभिन्न स्वास्थ्य सेवाहरूमा छुटको व्यवस्था गरिने हस्पिटलले जनाएको छ ।
७५ प्रतिशत भन्दा बढी महिला कर्मचारी रहेको हस्पिटलले ६ वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वास्थ्य सचेतना कार्यक्रम गर्दै आएको छ । अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टको नेतृत्वमा अस्पतालले व्यावसायिक प्रतिविद्धतामा मात्र नभएर सामाजिक उत्तरदायित्वमा पनि आफूलाई अग्र पन्थीमा उभ्याएको हस्पिटलले बताएको छ ।