काठमाडौं । कप्तान रोहित पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित दिलाएका छन् ।
मंगलबार हारको संघारमा पुगिसकेको टिमलाई उद्दार गर्ने क्रममा उनले नवौं विकेटका लागि करण केसीसँग निर्णायक साझेदारी गरेका थिए ।
लगातार चौंथोपटक टस जितेपछि नेपालले चौंथोपटक नै फिल्डिङ रोजेको थियो । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि स्कटल्यान्ड २१२ रनको मध्य स्कोरमा समेटियो ।
खेलमा कुनैपनि ब्याट्सम्यानले सेटल भएर खेल्न नसक्दा नेपालले १३८ रनमै ८ विकेट गुमाएको थियो । हार निश्चित देखिएको अवस्थाबाट रोहितले नेपाललाई जोगाए । उनलाई करणले बलियो साथ दिए ।