मेरिल्याण्ड सिएकी अग्रवाल सिएमा नेपाल प्रथम

विराटनगर । मेरिल्याण्ड सिए कलेजकी शालु अग्रवाल आइक्यानद्वारा डिसेम्बर महिनामा लिएको क्याप थ्रि परीक्षाको नतिजामा नेपाल प्रथम भएकी छन् । बुधबार प्रकाशित नतिजा अनुसार शालु नेपालमै सर्वोत्कृष्ट अंक ल्याएर बोर्ड फस्र्ट ‘¥याङ्क वन’ बन्न सफल भएकी हुन् ।

शालु अग्रवालल पढाइमा निकै मिहिनेति र जेहेन्दार विद्यार्थीको रुपमा रहेको शिक्षका किन्जल पोखरेलले बताए । आफू नेपाल प्रथम भएको जानकारी कलेजका प्रिन्सिपलबाट पाएपछि अत्यन्तै खुसी लागेको उनले बताइन् । उनले भनिन् ‘मेरिल्याण्डले धेरै कुरा सिकाएकोले नै आज सफलता प्राप्त गरेकी हुँ ।’

मेरिल्याण्ड सिएमा अध्ययनरत राशी गोयल गु्रप टु बाट क्याप थ्रि लेभल उर्तीण भएको कलेजले जनाएको छ । मेरिल्याण्ड प्लस टु, बिबिएसले यस अघि नै बोर्ड फस्र्ट ल्याइसकेकोमा बुधबारको नतिजापछि सिएमा बोर्ड फस्र्ट ल्याउन सफल भएको हो ।

सिए अध्ययनका लागि काठमाण्डौ र भारतका विभिन्न विश्वविद्यालयमा जाने प्रवृत्ति रहेकोमा पछिल्लो नतिजाले विराटनगरमा नै सिएको उत्कृष्ट अध्ययन भइसकेको पुष्टि भएको शिक्षा क्षेत्रका व्यक्तिहरुले बताएका छ । शिक्षक तथा कानुनविद् रुपेश कोइरालाले सिएका लागि मेरिल्याण्ड विद्यार्थीहरुको पहिलो रोजाइ हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।

बिहिबार, ०४ फागुन, २०७९, रातीको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर