भूकम्प प्रभावित टर्कीका लागि नेपालबाट पठाइयो राहत सामग्री

काठमाडौं । भूकम्प प्रभावित टर्कीका लागि नेपालबाट राहत सामग्री पठाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणको दशौं बैठकले टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको थियो। राहत सामग्री प्राधिकरणसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले पठाएको हो।

टर्कीलाई तत्काल आवश्यक न्यानो लुगा, औषधि, जेनेरेटरलगायत सामग्री नियमित उडानका दुई जहाजमार्फत सरकारले पठाउने भएको छ।

उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गर्नुपर्ने बताएका थिए।

टर्की केन्द्रविन्दु भएर सोमबार गएको विनाशकारी भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ ।

बिहिबार, २६ माघ, २०७९, साँझको ०५:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर