सुयर्माराज राई
नागरिकता बनाउँदाको मेरो आफ्नै गज्जबको घटना छ । २०५३ सालमा मैले नागरिकता बनाउने भएँ ।कारण,त्यो बर्ष आमा बित्नुभएको थियो । हामी दाजुभाइको बीचमा सल्लाह भयो, जे जति पुर्खयौलि सम्पत्ति छ अहिले नै भागबन्डा गरेर आ–आफ्नो नाम गरिहालौं । मिलेसम्म एकाघर बसौंला,नमिले आ–आफ्नो गरिखान सजिलो हुन्छ । दाजुभाइ सबै अविवाहित थियौं । बुबा पहिल्यै बितिसक्नुभएको थियोे । आमा पनि बित्नुभएको अवस्थामा दाजुभाइको सल्लाह ठिकै थियोे सायद ।
अंशबन्डा गर्नलाई नागरिकता आवश्यकता प¥यो ।उर्लाबारीमा शाखा कार्यालय थियोे जिल्ला प्रशासनको । त्यहीँ बन्थ्यो नागरिकता । म र मेरो दाजु उर्लाबारी गयौं नागरिकताको लागि आवश्यक कागजपत्र लिएर । एकजना बुढा–बुढा,सायद रिटायर्ड हुन केही समय मात्रै बाकी रहेका सुब्बासाब(नासु) ले सबै कागजपत्र हेरे अनि भने–‘भाइ,तिम्रो नागरिकता यो कागजपत्रले मात्रै बन्दैन ।’
किन ?–मैले सोधे । उनले ढड्डामा रेकर्ड देखाउँदै भने– ‘यहाँ हेर,तिम्रो बुवा र आमाको नागरिकता नम्बर फरक परेको छ ।’ साँच्चै हो रहेछ, हेरेको त , बुबाको नम्बर आमाकोमा छ,आमाको बुबाकोमा छ रेकर्डमा । मैले भनें–‘सर,मिलाइदिनुप¥यो ।’उसले त्यो मिलाउन खर्च लाग्ने बतायो ।
कति लाग्छ ? मैले सोधेँ ।
उसले भन्यो– ‘हामी यो कार्यालयमा ४ जना स्टाफ छौं । सबैलाई एक एक बोतल वियर र एक एक प्लेट मासुको दाम भए अहिले बनाइदिन्छु ।’
मलाई नागरिकता चाहिएको थियो । मेरो बुझाइमा गम्भीर त्रुटि छ,मेरो नागरिकता सायद नबन्ला कि ? डर पैदा भो मनमा । त्यसैले झन्झट मोल्नुभन्दा पैसा दिएरै सल्टाउनुप¥यो भन्नेमा पुगें । गोजीमा हेरेको उसले मागेजति पैसा पुगेन । मैले भाडा खर्च राखेर भएको बाँकी पैसा दिने भएँ । त्यसरी हिसाब गर्दा उसले माग गरेकोभन्दा केही कम हुनेभयो । उसले त्यो मानेन ।मैले धेरै अनुरोध गरें, तर उ आफ्नो मागभन्दा अलिकति पनि डगमगाएन । मैले हार खाएर सोधेँ– ‘सर,अब कसरी मिल्छ त नागरिकता बनाउन ?’
उसले भन्यो– ‘जाऊ,सरजमिन गराएर ल्याउ ।’ म सरजमिन गराएर आउने निष्कर्षमा पुगें अनि फर्केँ । तीन दिन लगाएर सरजमिन गराएँ ।सरजमिन गराउन उति सजिलो कुरा कहाँ थियो र ? गाविस कुद,प्रहरी चौकी कुद,गाउँका भद्र भलाद्मी गुहार ।खाना खुवाउ,भाले काट । तीनपाने व्यवस्था गर । सबै सबै गरेर सरजमिन गराइ पत्र बोकेर उर्लाबारी पुगें ।अनि तिनै सुब्बासाबलाई कागजपत्र बुझाएँ । तर, सुब्बासाब त मेरो कागजपत्र हेर्न त के, छुन पनि मान्दैनन् त !
निकैबेर गलफत्ती गरेपछि उसले ओकल्यो– ‘थपक्क मैले मागेको दिएको भए अस्ति हुन्थ्यो तिम्रो काम । यो सरजमिनको के काम । मैले लेखेर अगाडि बढाए न पाउने हो तिमीले नागरिकता ।नबढाए के काम यो सरजमिनको ?’ म तीन छक्क परें,उसको कुरा सुनेर ।अब मैले उसँग झगडा गर्नुबाहेक अरु विकल्प थिएन । म उफ्रिन थाले । संगसंगै मेरो दाइ पनि कराउन थाल्यो । उसले उल्टै थर्काउन थाल्यो–‘राष्ट्रसेवक कर्मचारीलाई थर्काउने ?प्रहरीलाई भनेर थुन्छु ।’
तर म र मेरो दाजु कति पनि नडराइ अफिसमा बबाल मच्चाउन थाल्यौं । पूरै रमिता भयो । होहल्ला सुनेर हाकिम(शाखा अधिकृत) आए त्यहाँ । के भएको भनेर सोधे । हामीले सबै कुरा बेलिबिस्तार लगायौं । हाकिमले हतार हतार आफ्नो कक्षमा बोलाएर ‘ए,उहाँले कुरा बुझ्नु भएनछ । म गरिदिइहाल्छु नि ! म भएको ठाउँमा अघि नै आउनुपर्दैन थियोे ?’ भन्दै शान्त रहन आग्रह गर्दै नागरिकता प्रमाणपत्र तयार गरि प्रमाणीकरण गरिदिए ।
यसरी २०५३।१२।१५ मा मैले नागरिकता प्राप्त गरें । नागरिकता पाउँदा त्यतिबेला एउटा ठूलो युद्ध जितेजस्तो अनुभूति भएको थियोे । जाँदाजाँदै ती सुब्बाजीले चिया खाने पैसा त दिनुस् भाइ भनेर मागे । मैले नि खुसी खुसी दिएँ किनकि मेरो हातमा वंशजको नागरिकता जो थियोे अब । नागरिकता बनाउन युद्ध जितेजस्तो गर्व लागेको सुखद पलमा हामी दाजुभाइ उर्लाबारी टाकिजमा फिल्म हेरेर फर्किने सल्लाह ग¥र्यौ । सलमान खानको जुडवा चलिरहेको थियो । त्यो हेरेर साँझमा घर फक्र्यौं ।
पछि सुनेअनुसार ढड्डामा त्यसरी गलत रेकर्ड जानीजानी राखेका हुन्छन् रे कर्मचारीले । किनभने त्यो कमाइ खाने (अवैध,गैरकानुनी) मेलो रे । यतिबेला सम्झिन्छु, ६ लाख जति जन्मसिद्ध नागरिकले नियमानुसार नागरिकता पाउन सकेका छैनन् । अझ कति होलान् यहीं जन्मेर पनि अनागरिक भएर बस्नुपरिरहेको ? अनि कति होलान् जो दोहोरो नागरिकता लिएर देशको कानुनको धज्जी उडाइरहेका छन्,देशमा ब्रम्हलुट मच्चाइरहेका छन् ? मालामाल भइरहेका छन् ? कहिले होला यो देशमा कानुनी राज ?
(नेपाली काँग्रेसका नेता राईको ट्वीटरबाट)
ramro kura rakhnu bho yar, thanks